मिस्टर आईपीएल नामले परिचित तथा आईपीएल इतिहासकै चौंथो सर्वाधिक रनकर्ता सुरेश रैना आईपीएल मेगा अक्सनमा बिक्रि भएनन्। उनको पुरानो टिम चेन्नाई सुपर किंग्स सहित अन्य टिमले रैनालाई लिन चासो देखाएनन्। आईपीएलको मेगा अक्सनमा रैना मात्र हैन विश्व क्रिकेटका धेरै ठूला नामहरुको पनि अवस्था उही रह्यो। दुई दिनमा ५५१.७ करोड भारु खर्च भएको अक्सनमा टिमहरुले ठूला नामहरुलाई बेस प्राइस पनि हाल्न योग्य मानेनन्।
Super Thanks for all the Yellove memories, Chinna Thala!🥺
#SuperkingForever 🦁 pic.twitter.com/RgyjXHyl9l
— Chennai Super Kings – Mask P😷du Whistle P🥳du! (@ChennaiIPL) February 13, 2022
२०१८ देखि २०२० को सिजनसम्म दिल्ली क्यापिटल्समा रहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने लगातार दोश्रो वर्ष आईपीएल अक्सनमा बिक्न सकेनन्। सन्दिपले ४० लाख भारु बेस प्राइस राखेका थिए। सन्दिप भन्दा ठूला स्पिनरहरु समेत बिक्न असफल भए।
सन्दिपसंगै इमरान ताहिर, आदील रशिद, एडम जाम्पा, अमित मिश्रा, पियुष चावला, तब्रेज शाम्सी, इश सोढी, कैस एहमद जस्ता लेग स्पिनरहरु बिक्रि भएनन्। यस्तै अफगानिस्तान स्पिनर मुजिब उर् रहमानलाई पनि टिमहरुले लिन योग्य सम्झेनन्। केहि अघि सम्म टिमहरुको प्रमुख रोजाइमा पर्ने लेग स्पिनरहरु यो पटक अक्सनमा टिमको रोजाईमा परेनन्।
Here's a look at the Top Buys of what has been an eventful #TATAIPLAuction 2022 😎👌@TataCompanies pic.twitter.com/vnFMj1NKj9
— IndianPremierLeague (@IPL) February 13, 2022
बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसन, अस्ट्रेलियन स्टार ब्याट्सम्यान स्टिभ स्मिथ, मार्नस लाबुसेन, आरोन फिन्च, एन्भाड्ररयु टाई, केन रिचर्डसन, भारतीय पेसर इशान्त शर्मा सहित सौरभ तिवारी, धवल कुल्कर्नी बिक्रि भएनन्।
इंग्ल्यान्डका विश्वकप विजेता कप्तान तथा गत सिजन कोलकातालाई फाइनल पुर्याएका कप्तान ओएन मोर्गन र डेविड मलान, वेस्टइन्डिजका शेल्डन कटरेल जस्ता खेलाडीहरु बिक्रि भएनन्।
इण्डियन प्रिमियर लिग आईपीएलको २०२२ मेगा अक्सन भारतको बैंगलोरमा सम्पन्न भएको छ। अक्सनमा सहभागी १० टिमले कुल २१७ ठाउँ खालि भएकोमा २०४ खेलाडी लिएका छन्। १०७ अनक्याप्ड र ९७ जना क्याप्टड खेलाडी टिमहरुले लिंदा कुल ५५१.७ करोड भारतीय रुपैयाँ खर्च भएको छ। १३७ भारतीय र ६७ जना भारत बाहिरका खेलाडीहरु बिक्रि भए।
यो पटक अक्सनमा सबैभन्दा महँगो खेलाडी इशान किशन भए जसलाई मुम्बई इन्डीएन्सले १५.२५ करोड भारु खर्चियो। यस्तै दिपक चाहरलाई चेन्नाईले १४ करोड भारुमा, श्रेयस ऐयरलाई कोलकाताले १२.२५ करोड भारुमा, लियाम लिभिंगस्टोनलाई पन्जाब किंग्सले ११.५ करोड भारुमा टिममा समाबेश गर्यो। दिल्लीले शार्दुल ठाकुर, रोयल च्यालेन्जर्स बिंग्लोरले हर्षल पटेल र वानिन्दु हसरंगा तथा सनराइजर्स हैदरावादले निकोलस पुरनलाई समान १०.५ करोड भारुमा लिएको छ। गुजरात टाईटन्सले लकी फर्गुसनलाई, राजस्थान रोयल्सले प्रसिध कृष्णालाई तथा लखनउले आभेस खानलाई समान १० करोड भारु खर्चियो।