आयरल्याण्ड बिरुद्ध कुशल भुर्तेल अन्तिम एघारमा, नेपाल फिल्डिंग गर्दै

ओमानमा जारी चार देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र आयरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।

खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेको छ। खेलमा नेपालले तिन वटा परिवर्तन गरेको छ। आज पनि अनफिट रहेका कारण करन केसी टिममा छैनन्।

आज अन्तिम एघारमा कुशल भुर्तेल टिममा फर्किएका छन्। आरिफ शेख, शाहब आलम र बिबेक यादवलाई आज बाहिर राखिएको छ। यस्तै कुशल मल्ल र अविनाश बोहराले मौका पाएका छन्।

नेपालको अन्तिम एघार : आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल मल्ल, शरद भेसावकर, सन्दिप लामिछाने ( कप्तान ), लोकेश बम, अविनाश बोहरा, जितेन्द्र मुखिया, कमल सिंह ऐरी

जारि सिरिजमा नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा युएईसंग २५ रनले पराजित भएको थियो। अर्कोतर्फ आयरल्याण्डले पहिलो खेलमा ओमानलाई ९ विकेटले पराजित गरेता पनि दोश्रो खेलमा युएईसंग १३ रनको हार बेहोरेको थियो। दुवै टिम अन्तिम खेलमा जितको साथ फेब्रुअरी १७ तारिख देखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोटमा जितको लयको साथ अघि बढ्न चाहन्छ।

वरियता : टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियताअ नेपाल १२ औं स्थानमा छ भने आयरल्याण्ड १३ औं स्थानमा छ। वरियतामा अगाडी भएता पनि आयरल्याण्ड लामो समय देखि उच्चस्तरीय क्रिकेट र नियमित विश्वकप क्रिकेट जस्ता ठूला प्रतियोगिता खेल्दै आएको छ।

हेड टु हेड : नेपाल र आयरल्याण्ड बीच टि-ट्वान्टी अन्तर्राष्ट्रियमा दुई पटक भेट भएको छ जसमा दुवै पटक आयरल्याण्ड विजयी भएको छ। २०१९ अक्टोबरमा आयरल्याण्डले नेपाललाई १३ रनले पराजित गरेको थियो जुन क्रममा आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रनमा समेटिन पुगेको थियो। नेपालको लागि आरिफ शेखले सर्वाधिक २६ रन बनाएका भने बलिंगमा सन्दिप लामिछाने र अविनाश बोहराले समान दुई विकेट लिएका थिए। आयरल्याण्डको लागि पल स्टरलिंगले ५९ तथा मार्क अडेर र जर्ज डकरेलले समान तिन विकेट लिएका थिए। २०१५ को टि-२० विश्वकप छनोटमा त्यसअघि भेट हुँदा नेपाल ५३ रनमा समेटीएपछि आयरल्याण्डले ८ विकेटले खेल जितेको थियो। केभिन ओ ब्रायन र स्टुवार्ट थंपसनले समान तन विकेट लिएका थिए।

२०७८ फाल्गुन २, सोमबार मा प्रकाशित