ब्याट्सम्यान भन्दा पनि बक्सरको लागि बढी चिनिने फिलिपिन्स राष्ट्रिय क्रिकेट टिमले पछिल्लो तिन वर्ष देखि क्रिकेट खेलेको छैन। तै पनि टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा छाप छोड्ने प्रयासमा फिलिपिन्स मेहनत गरिरहेको छ।
नेपाल सहित आठ टिम सहभागी छनोट प्रतियोगितामा फिलिपिन्स सबैभन्दा कम आईसीसी वरियताको ( ४६ ) टिम हो। टेस्ट राष्ट्र आयरल्याण्ड सहित नेपाल, ओमान, युएई, क्यानडा जस्ता ठूला देशहरुसंग फिलिपिन्स पनि आफूलाई बराबर उभ्याउने प्रयासमा छ।
“यो हाम्रो लागि सपना जस्तै हो।” टिम कप्तान जोनाथन हिलले बताए जो अस्ट्रेलियाको न्यु साउथ वेल्समा हाई-स्कुल शिक्षक छन् जहाँ उनि क्लब क्रिकेट खेल्छन्।
फिलिपिन्स टिम मनिलामा रहने भारतीय प्रवासी तथा फिलिपिनो-अस्ट्रेलियनहरुले निर्मित छ जो आफ्नो नियमित कामबाट फुर्सद निकालेर अभ्यासमा जोडिने गर्छन्। ठूलो प्रतियोगिताको लागि तयारी कप्तान हिलको लागि “आदर्श भन्दा धेरै टाढा छ”
अन्तिम पटक फिलिपिन्सले तिन वर्ष अघि अन्तर्राष्ट्रिय खेल खेलेको थियो। भानुआटु बिरुद्धको वर्षाले प्रभावित उक्त खेल मात्र ५ ओभरको थियो। उक्त खेल १० रनले जित्दै फिलिपिन्स अनपेक्षित रुपमा विश्वकप ग्लोबल छनोटमा पुग्न सफल भएको थियो। टि-२० विश्वकप इस्ट एसिया प्यासेफिक रिजन फाइनलमा फिलिपिन्सले खेलेको ४ खेल मध्ये उक्त एक खेल मात्र जित्न सफल भएको थियो। बाँकी दुई खेलमा उसले हार बेहोर्द एक खेल वर्षाले नतिजाविहिन रहेको थियो। पपुवा न्यु गिनी ४ मध्ये तिन खेलमा जित दर्ता गर्दै पहिलो हुँदै छनोट भएको थियो। तेश्रो हुँदै छनोट हुन असफल भानुआटुले ४ खेलमा १ जित र ३ हार पछि २ अंक बटुलेको थियो।
कोभिड-१९ महामारी पछि प्रतियोगिताहरु रद्द हुँदा एकजुट हुने वातावरण थिएन जसकारण खेलाडीहरुले प्राय एक्लै तयारी गर्नु परेको थियो। ओमनामा शुक्रबार क्यानडासंग महत्वपूर्ण खेल खेल्नु अघि फिलिपिन्सको १४ सदस्यीय टिम पहिलो पटक एक साथ मैदानमा उत्रनेछ।
“हामि पक्कै पनि अन्डरडग हौँ। तर दिनको अन्त्यमा क्रिकेट एउटा खेलनै हो। ब्याट र बलको प्रतिस्पर्धामा मलाई सबैभन्दा मन पर्ने कुरा यो तपाईको कला, फिटनेस र बौद्धिकता मात्र हैन, क्रिकेट मुटु हो जसबाट हामि सधैं खेल्ने गर्छौं।”
अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले फिलिपिन्स टिमको उडान र बसोबासको व्यवस्था गरेता पनि प्रतियोगिताको लागि अन्य आर्थिक भार खेलाडीहरुमा थियो। त्यसको लागि ‘गोफन्ड’ मार्फत आर्थिक संकलन अभियाननै संचालन गरियो। उक्त अभियानमा अस्ट्रेलियाका एक प्रशिक्षक हेनरी टेलरले पांच हजार तिन सय अमेरिकी डलर संकलन गर्दा टिमले अभ्यास नेट किन्न तथा अभ्यास र यातायात इन्सुरेन्स खर्च टर्यो।
“हामिले आफ्नो उत्कृस्ट प्रयास गर्यौं” टिमका ४२ वर्षीय अफ स्पिनर विमल कुमारले बताए जो आफ्नो मनिलामा रहेको लेन्डिंग र ट्रेडिङ बिजनेसबाट विश्राम लिएर टिमसंग दुर्लभ अभ्यास सेसनमा जोडिएका छन्।
“यो अनिश्चित खेल हो, तपाईले भन्न सक्नुहुन्न कि कसले जित्छ।” खेलाडीहरु ओमानमा प्रतिस्पर्धा गर्न कठिन मेहनत गरिरहेका छन्।
“फिलिपिन्सको लागि खेल्न हामिले आफ्नो कमबाट बेतलवी बिदा लिएका छौँ।” आर्थिक संकलनको लागि गरिएको अपिलमा टेलरले लेखेका छन्।
फिलिपिन्समा क्रिकेट बिगत एक सय वर्ष देखि खेलिंदै आएको हो जहाँ बास्केट बल र बक्सिंग चर्चित खेलहरु हुन्।
सन् १९९९ मा स्थापना भएको फिलिपिनी क्रिकेट एसोसिएसनले सन् २०११ मा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो। हाल फिलिपिन्ससंग महिला र पुरुष राष्ट्रिय टिमको साथै घरेलु लिग पनि खेलिन्छ। तर विश्वको उत्कृस्ट टिमहरुसंग विश्वकप खेल्नु टिमको लागि ठूलो चुनौती हो।
“जित्नु बह्न्दा पनि विश्वकप भन्दा एक स्टेप तल हुनु आफैमा महत्वपूर्ण पक्ष हो। यसलाई अझ राम्रो र ठूलो बनाउने छौँ। कसलाई थाहा छ एक दिन हामि विश्वकपमा हुनेछौँ।” फिलिपिन्स क्रिकेट एसोसिएसनका सह संस्थापक फैजल खानले बताए।
प्रतियोगिता अन्तर्गत फिलिपिन्स नेपाल, ओमना र क्यानडा सम्मिलित समुह ‘बि’ मा छ। नेपाल र फिलिपिन्स बीचको खेल फेब्रुअरी १९ तारिखमा अल अमिरात मैदानमा खेलिनेछ।
फिलिपिन्स टिम : जोनाथन हिल ( कप्तान ) , ड्यान स्मिथ, हेनरी टाईलर, ग्रान्ट रस, रिची गुडविन, जोर्डन एलेग्रा, सचिन बिडप्पा, विमल कुमार, सिभ मोहन, हुजेफा मुहम्मद, गुरभुपिंदर चोहान, मुजामिल शहजाद, मिगी पोडोस्की, हेर्न इसोरेना
( गल्फन्युजबाट नेपाली अनुवाद गरिएको )
यो पनि पढ्नुस :
टि-२० विश्वकप ग्लोबल छनोट भोलि देखि ( सम्पूर्ण जानकारी एकै ठाउँमा )