टि-ट्वान्टी विश्वकप छनोट अन्तर्गत ओमानसंग पहिलो खेल खेल्नु अघि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायेके र कप्तान सन्दिप लामिछानेले प्रतियोगिताको तयारी राम्रो भएको र प्रतियोगिताको लागि टिम तयार रहेको बताएका छन्। नेपाल र ओमान बीचको खेल शुक्रबार बिहान ११:४५ बजे अल अमिरात मैदानमा सुरु हुनेछ।
“तयारी निकै राम्रो भएको छ। हामिले खेलेको तिन वटा खेलले सबै खेलाडीलाई नयाँ परिस्थितिमा भिज्न सघाएको छ भने ठूलो स्तरको टिम र क्रिकेटसंग युजटु भएका छन्। हामीले उत्कृस्ट तयारीको अवसर पायौं।” प्रशिक्षक दासानायेकेले बताए।
प्रतियोगिता अघि चार देश सम्मिलित सिरिजमा नेपालले ओमानलाई पराजित गरेता पनि आयरल्याण्ड र युएईसंग पराजित भएको थियो। दासानायेकेले पराजित भएता पनि खेलाडीहरुले राम्रो क्रिकेट खेलेको बताए – “हो नतिजा अझ राम्रो हुन सक्थ्यो तर खेलाडीहरुले राम्रो क्रिकेट खेलेका छन् त्यसैले मलाई कुनै पनि सन्देह छैन। नतिजा पक्षमा नरहेता पनि हामि नजिक पुगेका थियौं। तिन वटा खेल पछि पुरै टिममा आत्मविश्वास छ।” नेपालले ओमानलाई ६ विकेटले पराजित गर्दा आयरल्याण्डसंग १६ रनले तथा युएईसंग २५ रनको हार बेहोरेको थियो।
उनले ब्याटिंगमा थोरै चिन्ता व्यक्त गर्दै स्पिन र फास्ट बलरले योजना अनुसार प्रदर्शन गरेकोले प्रतियोगितामा प्रदर्शन गर्ने विश्वास देखाए – “हामि राम्रो आकारमा छौँ। एक-दुई खेलाडीहरु घाइते भएता पनि उत्कृस्ट खेलाडीहरु हामिसंग छन्। ब्याटिंग समुह पनि राम्रो आकार लिंदैछन् जहाँ केहि खालि ठाउँ भर्नुपर्नेछ तर मलाई विश्वास छ सबै अघि आउनेछन्। फास्ट र स्पिन बलर निकै राम्रा छन् र योजनामा राम्रोसंग ढलीरहेका छन्। कुराहरु जसरि गैरहेको छ त्यसमा म निकै खुसि छु।”
कप्तान सन्दिप लामिछानेले पनि चार देशीय सिरिजले राम्रो तयारीको मौका दिएको बताए – “चार देशीय सिरिज हाम्रो लागि निकै महत्वपूर्ण र आउने खेलहरुको लागि राम्रो तयारी थियो। यसले खेलाडीहरुको व्यक्तिगत प्रदर्शन देखि, स्थानीय परिस्थितिमा ढल्ने देखि सबै दृस्टीले प्रभावकारी रह्यो। बलिंग र ब्याटिंग सबै क्षेत्रमा हामि सुधारोन्मुख छौँ।। धेरै सकारात्मक कुराहरु पनि रह्यो।”
“टिम कम्बीनेसन हेर्दा हामीले जुन लक्ष्य लिएर आएका छौँ खेलाडीको प्रदर्शन र तिन वटै खेलको प्रदर्शन हेर्दा हामि सक्षम छौँ जस्तो लाग्छ। आउने खेलमा हामिमा निर्भर छ कि कुन तरिकाले हामीले योजनाको साथमा अघि बढ्छौ र सबैको एक मात्र लक्ष्य नेपाललाई विश्वकप पुर्याउनु हो।”
नेपालले टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा खेल्नेछ। फेब्रुअरी १९ तारिखमा फिलिपिन्स र २१ तारिखमा क्यानडासंग खेल्ने तालिका छ। समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। सेमीफाइनल खेल जितेको खण्डमा नेपाल यो वर्ष टि-२० विश्वकप खेल्न छनोट हुनेछ।