ओमान बिरुद्ध नेपालको ब्याटिंग फ्लप, ११७ मै सिमित

ओमानमा आज देखि सुरु भएको टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ।

अल अमिरात मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा विकेट ७ क्षेतीमा ११७ रन बनाउदै ओमानलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालको सुरुवात खराब रह्यो। पहिलो ओभरमा आसिफ शेख ५ रन र तेश्रो ओभरमा कुशल भुर्तेल ४ रन बनाएर बिलाल खानबाट विकेटपछि क्याच आउट भए। त्यसपछि सातौँ ओभरमा १५ रन बनाएका ज्ञानेन्द्र मल्ल फयाज बटबाट बोल्ड भए। १८ बलमा ११ न बनाएका दिपेन्द्र ऐरी नवौं ओभरमा जिशान मक्सुदबाट स्टम्प आउट भए। नेपाल ४०/४ को अवस्थामा पुग्यो। आरिफले एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट निरन्तर गुम्यो।

पाँचौ विकेटको लागि आरिफ शेख र लोकेश बमले २७ रन जोडे। लोकेश १६ रन बनाएर चौधौं ओभरमा खवर अलिबाट क्याच आउट भए। १६ औं ओभरमा अलिले ७ रन बनाएका विवेक यादवलाई पनि क्याच आउट पारे। अलिले कमल सिंह ऐरीलाई पनि क्याच आउट पारे।

इनिंग्सको अन्तिम दुई ओभरमा सन्दिप लामिछानेले आक्रामक सट खेल्दै योगफल सय पार गरे। अन्तिम बलमा आउट हुनु अघि आरिफ शेखले ३७ बलमा २ चौका मद्दतले ३८ रन बनाए। अविजित रहेका सन्दिपले ७ बलमा १ चौका र १ छक्का मद्दतले १६ रन बनाए।

ओमानका बलर खवर अलिले तिन विकेट लिंदा बिलाल खानले दुई तथा फयाज बट र जिशान मक्सुदले समान एक विकेट लिए।

प्रतियोगितामा नेपाल समुह ‘ए’ मा छ जुन समुहमा ओमान, क्यानडा फिलिपिन्स छन्। सबै टिमले एक अर्कासंग खेलेपछि समुहको शिर्ष दुई टिम सेमीफाइनल पुग्नेछ। सेमीफाइनल खेल जित्ने टिम यो वर्ष अक्टोबरमा हुने टि-२० विश्वकप खेल्न छनोट हुनेछ।

२०७८ फाल्गुन ६, शुक्रबार मा प्रकाशित