कोहली र पन्तको अर्धशतक, भारतद्वारा वेस्टइन्डिजलाई चुनौतिपूर्ण लक्ष्य

वेस्टइन्डिजको भारत भ्रमण अन्तर्गत तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेल ईडन गार्डेन्स कोलकातामा जारि छ।

खेलमा टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट क्षेतीमा १८६ रन बनाउदै वेस्टइन्डिजलाई १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भारतका ओपनर इशान किशन २ रन बनाएर आउट भएपछि कप्तान रोहित शर्माले बिराट कोहलीसंग ४९ रन जोडे। रोहित १९ रन बनाएर तथा केहि बेरमै सुर्यकुमार यादव पनि ८ रन बनाएर रोस्टन चेजबाट आउट भए। कोहलीले रिशभ पन्तसंग ३४ रन जोडे। अर्धशतक पुरा गरेपछि कोहली रोस्टन चेजबाट बोल्ड भए। त्यस अघि कोहलीले ४१ बलमा ७ चौका र १ छक्का मद्दतले ५२ रन बनाए।

पाँचौ विकेटको लागि पन्तले भेंकटेस ऐयरसंग आक्रामक साझेदारी गरे। दुवैले मात्र ३५ बलमा ७६ रन जोडे। अन्तिम ओभरमा ऐयर आउट हुनु अघि १८ बलमा ४ चौका र १ छक्का मद्दतले ३३ रन बनाए। पन्तले अविजित ५२ रन बनाए जुन क्रममा २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अन्तिम ५ ओभरमा भारतले १ विकेट गुमाएर ६२ रन बनायो।

वेस्टइन्डिजका बलर रोस्टन चेजले तिन विकेट ( ४-०-२५-३ ) तथा शेल्डन कटरेल र रोमारियो शेफर्डले समान एक विकेट हात पारे।

सिरिज अन्तर्गत पहिलो खेल भारतले ६ विकेटले जितेको थियो।

२०७८ फाल्गुन ६, शुक्रबार मा प्रकाशित