काम लागेन पावेलको आक्रामक इनिंग्स, भारतलाई सिरिज

रोभम्यान पावेलले आर्कमक ब्याटिंग गरेता पनि ८ रनले पराजित हुँदै वेस्टइन्डिजले भारत भ्रमण अन्तर्गत टि-ट्वान्टी सिरिज एक खेल अगावै २-० ले पराजय बेहोरेको छ। पहिलो खेल पनि भारतले ६ विकेटले जितेको थियो।

ईडन गार्डेन्स कोलकातामा सम्पन्न खेलमा भारतले दिएको १८७ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० ओभर ब्याटिंग गर्दै मात्र ३ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर ब्राण्डन किंगले २२ तथा कायल मेयर्स ९ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि निकोलस पुरन र रोभम्यान पावेलले शतकीय साझेदारी गर्दै जित दिलाउने प्रयास गरे। जित्न २८ रन आवस्यक हुँदा पुरनलाई उन्नाईसौं ओभरको तेश्रो बलमा भुवनेश्वर कुमारले क्याच आउट पारे। त्यस अघि पुरनले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उक्त ओभरमा कुमारले मात्र ४ रन खर्चिए।

अन्तिम ओभरमा जित्न २५ रन आवस्यक हुँदा हर्षल पटेलले गरेको अन्तिम ओभरको तेश्रो र चौंथो बलमा पावेले छक्का प्रहार गरे। २ बलमा जित्न ११ रन आवस्यक हुँदा पटेलले त्यसपछिको दुई बलमा १/१ रन दिए र भारतलाई जित दिलाए। पावेलले ३६ बलमा ४ चौका र ५ चक्का मद्दतले अविजित ६८ रन बनाए।

भारतको बलिंगमा भुवनेश्वर कुमार ( ४-०-२९-१ ) , युजभेन्द्र चहल ( ४-०-३१-१ ) र रभी बिस्नोईले ( ४-०-३०-१ ) समान एक विकेट लिए।

खेलमा टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट क्षेतीमा १८६ रन बनाएको थियो।

भारतका ओपनर इशान किशन २ रन बनाएर आउट भएपछि कप्तान रोहित शर्माले बिराट कोहलीसंग ४९ रन जोडे। रोहित १९ रन बनाएर तथा केहि बेरमै सुर्यकुमार यादव पनि ८ रन बनाएर रोस्टन चेजबाट आउट भए। कोहलीले रिशभ पन्तसंग ३४ रन जोडे। अर्धशतक पुरा गरेपछि कोहली रोस्टन चेजबाट बोल्ड भए। त्यस अघि कोहलीले ४१ बलमा ७ चौका र १ छक्का मद्दतले ५२ रन बनाए।

पाँचौ विकेटको लागि पन्तले भेंकटेस ऐयरसंग आक्रामक साझेदारी गरे। दुवैले मात्र ३५ बलमा ७६ रन जोडे। अन्तिम ओभरमा ऐयर आउट हुनु अघि १८ बलमा ४ चौका र १ छक्का मद्दतले ३३ रन बनाए। पन्तले अविजित ५२ रन बनाए जुन क्रममा २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अन्तिम ५ ओभरमा भारतले १ विकेट गुमाएर ६२ रन बनायो।

वेस्टइन्डिजका बलर रोस्टन चेजले तिन विकेट ( ४-०-२५-३ ) तथा शेल्डन कटरेल र रोमारियो शेफर्डले समान एक विकेट हात पारे।

सिरिजको अन्तिम खेल फेब्रुअरी २० तारिखमा खेल्नेछ।

२०७८ फाल्गुन ७, शनिबार मा प्रकाशित