कुशलको शतक र दिपेन्द्रसंग कीर्तिमानी साझेदारी, नेपालको विशाल योगफल

ओमानमा जारी टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट ( ए ) अन्तर्गत दोश्रो खेलमा नेपाल र फिलिपिन्स प्रतिस्पर्धा गरिरहेका छन्। दुई देश पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा भेट भएका हुन्।

अल अमिरात मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा २१८ रन बनाउदै फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको छ। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो तेश्रो सबैभन्दा ठूलो योगफल हो।

ओपनर आसिफ शेख खाता नखोली तथा कुशल मल्ल १२ रन बनाएर आउट भए पछि। तेश्रो विकेटको लागि कीर्तिमानी साझेदारी गरे। १७१ रनको साझेदारी गरेपछि दिपेन्द्र उन्नाईसौं ओभरमा गुरभुपिन्दर चोहानबाट बोल्ड भए। दिपेन्द्रले ४७ बलमा ६ चौका र ४ छक्का मद्दतले ८३ रन बनाए। १७१ रनको साझेदारी टि-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक साझेदारी हो भने टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै नवौं ठूलो साझेदारी हो। यस अघि पारस खड्का र आरिफ शेखले २०१९ मा सिंगापुर बिरुद्ध दोश्रो विकेटको लागि १४५ रनको साझेदारी गरेका थिए जुन रेकर्ड टुटेको हो।

दिपेन्द्रको विकेट पछि कुशलले अन्तिमसम्म ब्याटिंग गरे। उनले ६१ बलमा १३ चौका र १ छक्का मद्दतले अविजित १०४ रन बनाए। लोकेश बम ६ रनमा अविजित रहे जसले ३ बलमा १ छक्का प्रहार गरे। पारस खड्का र ज्ञानेन्द्र मल्लपछि कुशल नेपालको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रिय शतक बनाउने तेश्रो खेलाडी बनेका छन्। कुशलले ५७ बलमा शतक पुरा गरे।

फिलिपिन्सको बलिंगमा ड्यानियल स्मिथ, मिगी पोडोस्कि र गुरभुपिन्दर चोहानले समान एक विकेट लिए।

आजको खेल जितेको खण्डमा नेपालको सेमीफाइनलमा स्थान लगभग पक्का हुनेछ। प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो।

२०७८ फाल्गुन ७, शनिबार मा प्रकाशित