ओमानमा जारि टि-ट्वान्टी विश्वकप छनोट अन्तर्गत नेपाल र फिलिपिन्स बीचको खेलमा कुशल भुर्तेल र दिपेन्द्र ऐरीले साझेदारीको नयाँ कीर्तिमान बनाएका छन्। खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ३ विकेट क्षेतीमा २१८ रन बनाउदा अन्य ठूला कीर्तिमानहरु समेत बनेका छन्।
– कुशल भुर्तेल र दिपेन्द्र ऐरी बीचको तेश्रो विकेटको लागि १७१ रनको साझेदारी टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै तेश्रो ठूलो साझेदारी हो। तेश्रो विकेटको लागि विश्वकै सर्वाधिक साझेदारीको रेकर्ड न्युजिल्यान्डका डेभोन कनवे र ग्लेन फिलिप्सको नाममा छ जसले वेस्टइन्डिज बिरुद्ध २०२० मा १८४ रनको साझेदारी गरेका थिए। दोश्रो ठूलो साझेदारी इंग्ल्यान्डका डेविड मलान र ओएन मोर्गनले २०१९ मा न्युजिल्यान्ड बिरुद्ध १८२ रन बनाएका गरेका थिए।
– यस्तै कुशल र दिपेन्द्रको साझेदारी कुनै पनि विकेटको लागि विश्वकै संयुक्त रुपमा आठौं ठूलो साझेदारी हो। न्युजिल्यान्डका मार्टिन गप्टिल र केन विलियमसनले पाकिस्तान बिरुद्ध २०१६ मा १७१ रनको ओपनिंग साझेदारी गरेका थिए।
– कुशल र दिपेन्द्रको साझेदारी नेपालको टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारी हो। यस अघि पारस खड्का र आरिफ शेखले २०१९ मा सिंगापुर बिरुद्ध दोश्रो विकेटको लागि १४५ रनको साझेदारी गरेका थिए जुन रेकर्ड टुटेको हो।
🇳🇵 5/11 – Kushal Bhurtel has 5 out of Nepal's top 11 T20I individual scores.
🤯 8 – It took him 8 T20I matches to get there! #NepalvsPhilippines #NEPvsPHL #T20WCQ #NepaliCricket #CricketInNepal pic.twitter.com/8VlkNxq1Jo— Sakush K.C. (@Sakush91) February 19, 2022
– नेपालले बनाएको २१८ रन टि-ट्वान्टी अन्तर्राष्ट्रियमा विदेशी भूमिमा नेपालको सर्वाधिक टिम योगफल हो। यस अघि नेपालको विदेशी भूमिमा सर्वाधिक स्कोर १७३ रन थियो जुन २०१९ मा मलेसिया बिरुद्ध बनाएको थियो।
– नेपालको योगफल ( २१८/३ ) टि-ट्वान्टी अन्तर्राष्ट्रियमा तेश्रो सर्वाधिक टिम योगफल हो। नेपालको सर्वाधिक योगफल नेदरल्याण्ड बिरुद्ध २३८ रन हो भने दोश्रो ठूलो योगफल भुटान बिरुद्धको २३६ रन हो।
– कुशल भुर्तेलले खेलमा बनाएको १०४ रन टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानको तेश्रो उच्च स्कोर हो भने तेश्रो शतक हो। ज्ञानेन्द्र मल्लले भुटान बिरुद्ध २०१९ मा बनाएको १०७ रन तथा पारस खड्काले सिंगापुर बिरुद्ध २०१९ मा बनाएको अविजित १०६ रन कुशल भन्दा उच्च स्कोर हो।
– दिपेन्द्र ऐरीले बनाएको अविजित ८३ रन चौंथो नम्बरमा ब्याटिंग गर्दै नेपाली ब्याट्सम्यानले टि-ट्वान्टी अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर हो। यस क्रममा ऐरीले आफ्नै रेकर्ड तोडेका हुन्। उनले ओमान बिरुद्ध भर्खरै सम्पन्न चार देशीय सिरिजमा ओमान बिरुद्ध ७३ रन बनाएका थिए।