ललितपुर मेयर च्याम्पियनसिप : एपीएफको दोश्रो जित

काठमाडौँमा जारि ललितपुर मेयर महिला च्याम्पियनसिप अन्तर्गत विभागीय टोलि शास्त्र प्रहरी बल ( एपीएफ ) ले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।

पहलो खेलमा एपीएफले प्रदेश-१ लाई पनि ६ विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर-११ लाई ५८ रनले पराजित गरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले ४ विकेट क्षेतीमा १६.५ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा एपीएफले ४७ रन बनाउदा ४ विकेट गुमाउन पुगेको थियो। ओपनर ज्योति पाण्डे ११, सिता राना मगर ४, इन्दु बर्मा १० र सरिता मगर ९ रन बनाएर आउट भए। पाँचौ विकेटको लागि रोमा थापाले अविजित ४३ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। रोमा थापाले अविजित २३ तथा ममता चौधरीले अविजित १४ रन योगदान दिईन्। सुदूरपश्चिमको बलिंगमा इश्वरी बिस्टले २ तथा ऋतु कनौजियाले १ विकेट हात पारिन्।

टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो। उसको लागि कविता कुँवरले सर्वाधिक १८, बिन्दु रावल र डली भट्टले समान ११ रन योगदान दिए। एपीएफको बलिंगमा देब्रे हाते पेसर सोनु खड्काले ३ ( ४-०-१४-३ ), करुना भण्डारी ( ४-१-१४-२ ) र सिता राना मगरले २ ( ४-०-२१-२ ) तथा राजमती ऐरीले १ विकेट हात पारिन्।

प्रतियोगिता अन्तर्गत आजको दोश्रो खेलमा लुम्बिनी प्रदेश र ललितपुर मेयर-११ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, एपीएफ, लुम्बिनी प्रदेश, प्रदेश-१ र ललितपुर मेयर्स-११ गरि पाँच टोलि सहभागी छन्। सहभागी सबै टिमले एक-अर्का संग १/१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन्।

२०७८ फाल्गुन ११, बुधबार मा प्रकाशित