ऐयर र जडेजाको आक्रामक इनिंग्स, भारतको सिरिज जित

दोश्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै भारतले तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी रहँदै २-० ले आफ्नो पक्षमा पारेको छ।

हिमान्चल प्रदेश स्टेडियममा सम्पन्न खेलमा श्रीलंकाले दिएको १८४ रनको लक्ष्य भारतले १७.१ ओभरमा भेटायो। भारतको लागि श्रेयस ऐयरले सर्वाधिक ७४ रन बनाए जुन क्रममा अविजित रहँदै उनले ४४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै रभीन्द्र जडेजाले विस्फोटक ब्याटिंग गर्दै १८ बलमा ७ चौका र १ छक्का मद्दतए ४५ रन बनाए। संजु स्यामसनले २५ बलमा ३९ तथा इशान किशनले १५ बलमा १६ रन बनाए।

श्रेयस ऐयरले तेश्रो विकटको लागि संजु स्यामसनसंग ८४ रनको तथा चौंथो विकेटको लागि रभीन्द्र जडेजासंग ५८ रनको साझेदारी गरे। श्रीलंकाका बलर लाहिरु कुमाराले २ तथा दुश्मन्था चमिराले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट क्षतिमा १८३ रन बनाएको थियो। उसको लागि ओपनर पथुम निसंकाले सर्वाधिक ७५ रन बनाए जुन क्रममा ५३ बलमा ११ चौका प्रहार गरे। कप्तान दासुन शनाकाले १९ बलमा २ चौका र ५ छक्का मद्दतले अविजित ४७ तथा दनुस्का गुनथिलाकाले २९ बलमा ३८ रन बनाए। पनिसंका र गुनथिलाकाले ६७ रनको ओपनिंग साझेदारी गरेका थिए। पाँचौ विकेटको लागि निसंका र शनाकाले ५८ रन जोडे।

भारतीय बलर भुवनेश्वर कुमार, जस्प्रित बुम्रह हर्षल पटेल, युजभेन्द्र चाहल र रभीन्द्र जडेजाले समान एक विकेट लिए।

सिरिज अन्तर्गत भारतले पहिलो खेल ६२ रनले जितेको थियो। तेश्रो तथा अन्तिम खेल धर्मशालामा आइतबार खेलिनेछ।

२०७८ फाल्गुन १४, शनिबार मा प्रकाशित