काठमाडौं, फागुन २२– नेपाली क्रिकेट टोलीमा डेब्युपश्चात् लगातार तीन अर्धसतकको कीर्तिमान रचेका कुशल भुर्तेलसहित जुनियरतर्फ विश्व ब्याडमिन्टनको नम्बर एक खेलाडी प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा र टेबल टेनिसकी एलिना महर्जन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार मध्यम दूरीकी अब्बल धाविका सन्तोषी, नेपाली महिला फुटबल टोलीकी गोलकिपर एन्जिला, खेलाडी मात्र नभइ प्रशिक्षणमा पनि सक्रिय टेबल टेनिसकी एलिनासहित कुशल र प्रिन्सलाई पिपल्स च्वाइस विधामा मनोनयन गरेको हो । मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको छनोट समितीले आइतबार एक कार्यक्रमबीच पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । मञ्चले यसअघि नै १८औं संस्करणलाई दशक अवार्डका रूपमा सम्मान गर्ने घोषणा गरिसकेको छ ।
तर, पिपल्स च्वाइससहित पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भने नियमित रूपमा गर्ने मञ्चको तयारी छ । कुशलले गत वर्षको चैतमा नेपालमै सम्पन्न नेदरल्यान्ड्स र मलेसियासम्मिलित क्रिकोणात्मक ट्वान्टी–२० शृंखलाबाट डेब्यु गरेका थिए । उनी आइसिसी ट्वान्टी–२० वरीयतामा ३१औं स्थानमा छन्,जुन नेपाली क्रिकेटरको अहिलेसम्मकै उत्कृष्ट सफलता हो । उनले ११ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एक सतक र पाँच अर्धसतकसहित कुल चार सय ९८ रन जोडेका छन् ।
६ वटा एकदिवसीय अन्तर्राष्ट्रियमा भने कुशलले एक अर्धशतकसहित एक सय ४४ रन बटुलेका छन् । विश्व ब्याडमिन्टन जुनियरतर्पm नम्बर एक प्रिन्स घरेलु प्रतियोगितामा पनि राम्रो प्रभाव छाड्न सफल खेलाडी हुन् । सिन्धुपाल्चोकमा सम्पन्न सिनियर राष्ट्रिय ब्याडमिन्टनमा रत्नजित तामाङलाई हराउँदै सनसनी मच्चाएका प्रिन्सले पुष्पलाल स्मृति ¥याङ्किङ ब्याडमिन्टनमा पनि लगातार दुई उपाधि जिते । साइनो कप राष्ट्रिय ब्याडमिन्टनका पनि उनी च्याम्पियन हुन् । प्रिन्स सन् २०२४ को ओलम्पिक प्रोजेक्टका लागि छनोट भएका नेपाली खेलाडीसमेत हुन् ।
मध्यम दूरीको दौडमा अब्बल धाविका सन्तोषीले १३औं दक्षिण एसियाली खेलकुद (साग) देखि यसै वर्षको प्रधानसेनापति हाफ म्याराथनसम्म भाग लिएको ९ वटै प्रतियोगितामा स्वर्ण जितेकी छन् । उनी गणेशमान सिंह स्मृति १० के रोड रेस (२०७७) की समेत च्याम्पियन हुन् । सो दौडमा उनले ३७ मिनेट ५३ः४४ सेकेन्डको कीर्तिमान तोडेकी थिइन् । नेपाली महिला फुटबल टोलीकी गोलकिपर एन्जिला ०७७ सालमा सम्पन्न राष्ट्रिय महिला लिग विजेता एपिएफकी सदस्यसमेत हुन् । एन्जिलाले राष्ट्रिय लिगको १२ खेलमा एक गोल मात्र बेहोरेकी थिइन् ।
पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा उनले मासा युनाइटेडको कप्तानी गर्दै विदेशमा व्यावसायिक लिगसमेत खेलिसकेकी छन् । टेबल टेनिसकी एलिना खेलजीवनसँगै प्रशिक्षणमा समेत सक्रिय छिन् । उनी हाल स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट टेबल टेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय छिन् । सामाजिक कार्यमा पनि क्रियाशील एलिनाले १३औं सागबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग गरेकी थिइन् ।
मनोनयनमा पर्न सफल खेलाडीलाई मञ्चका सदस्य, २७ खेलका प्रमुख प्रशिक्षक र समर्थकले मतदान गर्नेछन् । धेरै मत ल्याउने खेलाडीलाई चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा विजेता घोषणा गरिनेछ । मनोनयनमा पर्ने खेलाडीलाई समर्थकले इसेवामार्पmत मत दिन सक्नेछन् । इसेवाले लगातर दोस्रो वर्ष अवार्डमा सहकार्य गरेको हो । आइतबार नै इसेवाका आशिष गौतम र एनएसजेफका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
क्रिकेटका कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा र टेबल टेनिसकी एलिना महर्जन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन् । मञ्चले यसअघि नै १८औं संस्करणलाई दशक अवार्डका रूपमा सम्मान गर्ने घोषणा गरिसकेको छ । तर, पिपल्स च्वाइससहित पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भने नियमित रूपमा गर्ने मञ्चको तयारी छ ।