विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लब बिरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।
टस जितेर ब्याटिंग रोजेको नेपालले २५ ओभर समाप्तिमा ५ विकेट क्षेतीमा १४२ रन बनाएको छ।
खराब सुरुवात गरेपछि नेपालको इनिंग्स उकासेका दायाँ हाते ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी ४३ रन बनाएर आउट भएका छन्।
यस अघि ओपनर कुशल भुर्तेल १३ तथा असिफ शेख ३६ रन बनाएर आउट भए भने ज्ञानेन्द्र मल्लले २ तथा रोहित पौडेलले १३ रन बनाउन सके।
श्रीलंका नेभी श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने क्लब हो। जारि खेलमा नेपालले अन्तिम एघारमा आरिफ शेख, भिम शार्की, सोमपाल कामि र पवन सर्राफलाई समाबेश गरेको छैन।
नेपालले अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, कुशल भुर्तेल, आसिफ शेख, बिनोद भण्डारी, कमल सिंह ऐरी, सागर ढकाल, रोहित पौडेल, बिक्रम सोब
श्रीलंका नेभी अन्तिम एघार : वरुना मायान्था, भाग्या ईडीविरा, केशरा नुवान्था, एम मदुशंका, थिलिना मधुशंका, डी मधुशान, ए फर्नान्डो, अरभिन्दु अकुरुगोडा, पोर्ना चरुका, एस सथिस, ए अवाद्त
नेपालले भोलि मंगलबार पनि श्रीलंका नेभीसंग अभ्यास खेल खेल्नेछ। त्यसपछि मार्च १० तारिख ( बिहिबार ) श्रीलंका पुलिस तथा मार्च ११ तारिख ( शुक्रबार ) मिश्रित श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।
श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।
लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।