श्रीलंका भ्रमण अन्तर्गत श्रीलंका नेभी बिरुद्ध पहिलो अभ्यास खेलमा नेपाल जिततर्फ अघि बढेको छ।
खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै नेपालले ३७.१ ओभरमा २१४ मा सम्पूर्ण विकेट गुमाएको थियो। २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभीले २० ओभर ब्याटिंग गर्दा ८३ रन बनाउदा ७ विकेट गुमाएको छ।
नेपालको बलिंगमा बिक्रम सोब र ज्ञानेन्द्र मल्लले समान दुई विकेट लिएका हुन् भने कमल सिंह ऐरी, करन केसी, सागर ढकालले समान एक विकेट लिएका छन्।
नेपालको ब्याटिंगमा दिपेन्द्र ऐरीले सर्वाधिक ४३ रन योगदान दिएका थिए। यस्तै आसिफ शेखले ३६ रन, बिनोद भण्डारीले २२ रन, करन केसीले १६ रन, कमल सिंह ऐरीले १५ रन, रोहित पौडेल र सागर ढकालले समान १३ रन तथा बिक्रम सोबले अविजित ११ रन बनाए। ज्ञानेन्द्र मल्लले २ रन बनाए।
श्रीलंका नेभीका लेग स्पिनर अरभिन्दा अकुरुगोडाले सर्वाधिक ४ विकेट ( ९.१-१-५९-४ ) तथा ए. अवाद्तले ३ विकेट ( १०-१-३१-३ ) लिए।
श्रीलंका नेभी श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने क्लब हो। जारि खेलमा नेपालले अन्तिम एघारमा आरिफ शेख, भिम शार्की, सोमपाल कामि र पवन सर्राफलाई समाबेश गरेको छैन।
नेपालले अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, कुशल भुर्तेल, आसिफ शेख, बिनोद भण्डारी, कमल सिंह ऐरी, सागर ढकाल, रोहित पौडेल, बिक्रम सोब
श्रीलंका नेभी अन्तिम एघार : वरुना मायान्था, भाग्या ईडीविरा, केशरा नुवान्था, एम मदुशंका, थिलिना मधुशंका, डी मधुशान, ए फर्नान्डो, अरभिन्दु अकुरुगोडा, पोर्ना चरुका, एस सथिस, ए अवाद्त
नेपालले भोलि मंगलबार पनि श्रीलंका नेभीसंग अभ्यास खेल खेल्नेछ। त्यसपछि मार्च १० तारिख ( बिहिबार ) श्रीलंका पुलिस तथा मार्च ११ तारिख ( शुक्रबार ) मिश्रित श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।
श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।
लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।