विश्वकप लिग-२ को तयारीको लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा आज पनि श्रीलंका नेभीसंग प्रतिस्पर्धा गर्दैछ।
खेलमा श्रीलंका नेभीले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएको छ।
नेपालले अन्तिम एघारमा आज पवन सर्राफ, बिबेक यादव, भिम शार्कीलाई मौका दिएको छ। कमल सिंह ऐरी, आसिफ शेख र करन केसीलाई भने बाहिर राखिएको छ।
नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, बिनोद भण्डारी, सागर ढकाल, बिक्रम सोब, रोहित पौडेल, बिबेक यादव, भिम शार्की र पवन सर्राफ
भ्रमण अन्तर्गत नेपालले हिजो पहिलो खेलमा श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको थियो। नेपालले पहिले ब्याटिंग गर्दै दिएको २१५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभीले २८.५ ओभरमा १०३ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।
नेपालले भ्रमणमा ४ वटा अभ्यास खेल खेल्नेछ। यस पछि मार्च १० तारिख ( बिहिबार ) श्रीलंका पुलिस तथा मार्च ११ तारिख ( शुक्रबार ) मिश्रित श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।
श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।
लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।