श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आफ्नो तेश्रो अभ्यास खेलमा श्रीलंका पुलिस बिरुद्ध नेपालले उत्कृस्ट सुरुवात गरेको छ।
खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभर समाप्तिमा १ विकेट क्षेतीमा १३३ रन बनाएको छ।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाउदै नेपाललाई उत्कृस्ट सुरुवात दिएका हुन्। कुशल ५७ रन बनाएर आउट भएपछि क्रिजमा आसिफ शेख र रोहित पौडेल छन्। आसिफले अविजित ५० रन बनाएका छन् भने रोहित पौडेलले अविजित १६ रन बनएका छन्।
पछिल्लो समय लगातार फ्लप रहेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई आजको खेलमा बाहिर राखिएको छ। मल्लले श्रीलंका नेभी बिरुद्ध पहिलो खेलमा २ रन बनाएका थिए भने दोश्रो खेलमा १ रन मात्र बनाउन सकेका थिए। आज आरिफ शेख अन्तिम एह्गरमा हुँदा दिपेन्द्र ऐरीलाई भने आराम दिईएको छ। ऐरीले अघिल्लो खेलमा अर्धशतक बनाएका थिए। सोमपाल कामिलाई आज पनि बाहिर राखीको छ।
नेपालको अन्तिम-११ : सन्दिप लामिछाने ( कप्तान ) , करन केसी, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, बिनोद भण्डारी, सागर ढकाल, रोहित पौडेल, भिम शार्की, पवन सर्राफ, आरिफ शेख
श्रीलंका पुलिसको अन्तिम-११ : M Silva, Z Madaduranga, W Lasantha, R Denuwan, A Savindu, S Chamara, J Chathuranga, M Sujan, P Mahesh, M Jaywardana, A Jayawardana
भ्रमण अन्तर्गत नेपालले पहिलो खेलमा श्रीलंका नेभीलाई १११ रनले तथा दोश्रो खेलमा श्रीलंका नेभीलाईनै ८१ रनले पराजित गरेको थियो।
नेपालले चौत्न्हो अभ्यास खेल शुक्रबार ( मार्च ११ ) श्रीलंका मिश्रित-११ संग खेल्नेछ। । उपुल थारांगा, थिसारा परेरा, धम्मिका प्रसाद, सेक्कुगे प्रशन्ना, दिलरुवान परेरा, दिल्शान मुनविरा र सन्दुन विराक्कोडी जस्ता श्रीलंकन राष्ट्रिय क्रिकेटरहरु नेपाल बिरुद्ध खेल्नेछन्।
श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।
लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।