श्रीलंका भ्रमण अन्तर्गत चौंथो अभ्यास खेलमा नेपालले श्रीलंकाको चर्चित क्रिकेटर सम्मिलित श्रीलंका मिश्रित-११ संग खेल्दैछ।
खेलमा टस जितेर श्रीलंका मिश्रित-११ ले ब्याटिंग रोजेको छ। ५ ओभरको समाप्तिमा श्रीलंका मिश्रित-११ ले विकेट नगुमाई ३२ रन बनाएको छ। क्रिजमा दिलशान मुनविरा ६ तथा सदुन विराक्कोडी २५ रनमा अविजित छन्।
नेपालले आज अन्तिम एघारमा दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ललाई फिर्ता ल्याएको छ। यस्तै सोमपाल कामिले पहिलो पटक मौका पाएका छन्। बिक्रम सोब अर्को पेस बलर टिममा उन्दा करन केसीलाई भने बाहिर राखिएको छ।
श्रीलंका मिश्रित एघार टिमको कप्तानी थिसारा परेराले गर्दैछन्। टिममा उपुल थारांगा, दिलशान मुनविरा, सदुन विराक्कोडी, सेक्कुगे प्रशन्ना, दिलरुवान परेरा, चमरा सिल्भा, धम्मिका प्रशाद, रमेश निमन्था, अनुक फर्नान्डो र दिलंका औवादत् छन्।
नेपालको अन्तिम एघार : सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, बिनोद भण्डारी, सागर ढकाल, सोमपाल कामि, बिक्रम सोब, रोहित पौडेल, आरिफ शेख
भ्रमण अन्तर्गत यस अघि नेपालले खेलेको तिन वटै खेल जितिसकेको छ। नेपालले हिजो श्रीलंका पुलिसलाई १४४ रनले पराजित गरेको थियो भने त्यस अघि श्रीलंका नेभीलाई १११ रन र ८१ रनले पराजित गरेको थियो।
भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।
विश्वकप लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।