लिग-२ : दुई खान चम्किंदा नामिबिया बिरुद्ध ओमानको शानदार जित

बिलाल खान र शोयब खानले उत्कृस्ट प्रदर्शन गर्दा नामिबियालाई ७ विकेटले पराजित गर्दै ओमानले आईसीसी विश्वकप लिग-२ मा १७ औं जित दर्ता गर्न सफल भएको छ।

युएईमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा नामिबीयाले दिएको २७६ रनको लक्ष्य ओमानले मात्र ३ विकेट क्षेतीमा ४६.१ ओभरमा भेटायो।

ओमानको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका शोयब खानले करियरको पहिलो अन्तर्राष्ट्रिय शतक बनाए। अविजित रहेका खानले ७५ बलमा ११ चौका र ३ छक्का मद्दतले १०५ रन बनाए। खानले चौंथो विकेटको लागि खवर अलिसंग अविजित १५० रनको साझेदारी गरे। अलिले अविजित ५४ रन बनाए। यस अघि ओपनर ओपनर कश्यप प्रजापति र जतिन्दर सिंहले ९४ रनको ओपनिंग साझेदारी गरेका थिए। प्रजापतिले ७१ तथा सिंहले २८ रन बनाए। नामिबियाका बलर बर्नार्ड स्कल्जले २ तथा जान फ्राईलिंकले १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा ८ विकेट क्षेतीमा २७५ रन बनाएको थियो। ३४ रनमा ३ विकेट गुमाएको अवस्थामा कप्तान मरे इरास्मस र लफ्टि इटनले ११८ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए। इरास्मसले ७६ तथा इटन ले ७३ रन बनाए। त्यसपछि जेजे स्मित र डेभिड विजाले छैठौं विकेटको लागि ५३ रन जोडे। इरास्मसले ४४ तथा विजाले ४० रन बन्याए।

ओमान बलर बिलाल क्खानले ५ विकेट ( १०-०-६०-५ ) लिए भने कलेमुल्लाह, फयाज बट, जिशान मक्सुद र आयान खानले समान १ विकेट लिए।

जारि त्रिकोणात्मक सिरिजको यस अघिको भेटमा नामिबियाले ओमानलाई ११० रनले पराजित गरेको थियो। यस्तै ओमानले युएईलाई भने दुवै खेलमा पराजित गरिसकेको छ। नामिबिया युएईसंग पहिलो खेलमा ३ विकेटले पराजित् भएको थियो भने शनिवार अदोश्रो खेल खेल्नेछ।

२७ खेलमा १७ जित, ८ हार, १ नतिजाविहिन र १ बराबरी पछि ओमान विश्वकप लिग-२ अंकतालिकामा ३६ अंक सहित पहिलो स्थानमा कायमै छ। स्कटल्याण्ड १२ खेलमा १६ अंक सहित दोश्रो स्थानमा छ। १३ खेलमा ६ जित पछि युएईको १४ अंक छ भने समान अंक रहेको अमेरिकाको १६ खेलमा ७ जित रहेको छ। नामिबिया १२ खेलमा ६ अंक सहित पाँचौ, नेपाल ८ खेलमा ४ जित सहित छैठौं तथा पपुवा न्यु गिनी १२ वटै खेलमा हार पछि अंकविहिन रहँदै सातौँ स्थानमा छ।

२०७८ फाल्गुन २७, शुक्रबार मा प्रकाशित