चैत १८ मा राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता

काठमाडौं, चैत १ गते । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ११ र महिलामा २ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले मंगलबार टौडहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ४ प्रदेश तथा नेपाल आर्मी र एपीएफबाट जम्मा ५० खेलाडीको सहभागिता रहने छ । प्रोफेसनल फाइट पनि हुने छ ।

दक्षिणकाली नगरपालिकाको सहयोगमा हुन लागेको दुईदिने प्रतियोगिताका खेलहरु दक्षिणकाली नगरपालिकाको फर्पिङमा हुने छ । उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र बस्ने व्यवस्था आयोजकले गर्ने छ ।

पत्रकार सम्मेलनमा दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेतले दक्षिणकालीमा मुवाँथाईको राष्ट्रिय प्रतियोगिता हुनु गर्वको विषय भएको बताउदै नगरपालिकाले खेलाडी र खेलकुदको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उप–मेयर बसन्ती डंगोलले खेलाडीको स्तरबृद्धि गर्न प्रतियोगिता नियमित रुपमा आयोजना हुनु पर्नेमा जोड दिइन् ।

अध्यक्ष कक्षपति मुवाँथाई खेलको विकास÷विस्तारका साथै प्रवद्र्धन गर्न संघले विभिन्न भुगोलमा प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको जानकारी गराए ।

२०७८ चैत्र १, मंगलवार मा प्रकाशित