काठमाडौैँ, चैत २ गते । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग सहप्रायोजन सम्झौता गरेको छ ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल इन्भेस्टमेन्ट बैंकिङ तथा बिजिनेस प्रमोसन प्रमुख मनोहर कँडेलले सहप्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । १८औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।
सहप्रायोजक बनेवापत नबिलले अवार्डलाई लगानी ब्यवस्थापक पार्टनरको रुपमा आर्थिक सहयोग गर्नेछ । सम्झौता कार्यक्रममा नबिलका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफु तत्पर रहेको बताउनुभयो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले नबिललाई अवार्डको सहयोगीको रुपमा पाउनु खुशीको क्षण भएको बताउनुभयो ।
स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् । अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुने बताईएको छ ।