प्रधानमन्त्री कप ब्याडमिन्टन : प्रिन्स र रशिलालाई उपाधि

काठमाडौँ, वैशाख १ गते । रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१७, २१–१० ले हराउनुभयो उपाधिसँगै प्रिन्सले एक लाख १५ रुपियाँ र उपविजेता नवीनले ५५ हजार रुपियाँ प्राप्त गर्नुभयो । दिपेश धामी र प्रफुल महर्जन तेस्रो हुनुभयो । दुवै जनाले समान १५ हजार रुपियाँ हात पार्नुभयो ।

महिलातर्फ च्याम्पिया क्शिलाले आर्मीकै अनुमाया राईलाई २१–१२, २१–१८ ले पाखा लगाउनुभयो । उहाँले एक लाख १५ हजार र अनुमायाले ५५ हजार रुपियाँ प्राप्त गर्नुभयो । तेस्रो बन्न सफल पार्थना देउवा र जेशिका गुरुङले जनही १५ हजार प्राप्त गर्नुभयो । पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीन विजयी हुनुभयो ।

फाइनलमा प्रिन्स र नवीनको जोडीले आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीलाई १८–२१, २१–९, २१(१८ ले हराउनुभयो । यस स्पर्धाको विजेता, उपविजेता र तेस्रोले क्रमशः ५०, २५ र १० हजार रुपियाँ प्राप्त गर्नुभयो । पुरुष यू–१५ एकलमा सिल्क ग्रुपका कविर केसीले एनआरएनका साहिल चन्दलाई २१–१९, २१–१७ को सेटमा हराएर उपाधि जित्नुभयो ।

महिला यू–१५ मा आर्मीकी रोज पाण्डे, पुरुष यू–१९ मा आर्मीका सन्तोष पनेरु र महिला यू–१९ मा आर्मीकी पार्थना देउवा पहिलो हुनुभयो । प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

२०७९ बैशाख १, बिहीबार मा प्रकाशित