भलिबल लिग : आर्मी बन्यो च्याम्पियन

काठमाडौँ, वैशाख २४ गते । छैटौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मी महिला र पुरुष दुवैतर्फ च्याम्पिय बनेको हो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको लिगको अन्तिम खेलमा आर्मीले हेल्प नेपाललाई ३–१ को सेटमा हरायो । आर्मीले २५–१५, २५–१८, २६–२८, २८–२६ को जित निकाल्यो । आर्मीले अपराजित यात्रा कायम राख्दै उपाधि जितेको हो । आर्मीले ६ खेलबाट १८ अंक बनायो । हेल्प नेपाल दोस्रो भयो ।

उपाधिसँगै आर्मीले ६ लाख रुपियाँ र दोस्रो भएको हेल्प नेपालले तीन लाख रुपियाँ पुरस्कार पायो । तेस्रो भएको नेपाल पुलिस क्लबले एक लाख ५० हजार र चौंथो भएको एपीएफ क्लबले ७५ हजार रुपियाँ पुरस्कार पायो ।

नेपाल भलिबल संघले आयोजना गरेको लिगमा पुरुषतर्फ सात टोलीले प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ च्याम्पियन आर्मी, पुलिस, एपीएफ, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब सहभागि थिए । महिलातर्फ पाँच टोलीको सहभागिता रहेको थियो ।

२०७९ बैशाख २५, आईतवार मा प्रकाशित