यू-२० साफको तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने

यू-२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ ( साफ ) ले साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताकोको मिति र तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । खेल ९ गते हुनेछ । प्रतियोतिगाको सबै खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने साफले जनाएको छ ।

यस्तै नेपालले दोस्रो खेलमा ११ गते श्रीलंकाको सामना गर्नेछ । यस्तै १४ गते भारत र १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

यस्तै फाइलन खेल २० गते हुनेछ । सिंगल राउण्ड रोविनको आधारमा हुने तालिकाको शीर्षस्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।

२०७९ जेष्ठ ५, बिहीबार मा प्रकाशित

Leave a Comment