कुवेतमा नेपाली फुटबल टिमको अभ्यास सुरु, दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

कुवेत । एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत आईपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास पूरा गरेको छ ।

कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादी स्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो । नेपालले स्थानिय समय अनुसार साझ ७ बजे (नेपाली पौने १० बजे) अभ्यास गरेको हो ।

नेपाली टिमले केहि समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवते पुगेको हो । कतारमा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ टिमोरसँग २ २ र श्रीलंकासँग ११ गोलको बराबरी खेल्दा नेपाल ओमानसँग २० ले पराजित भएको थियो ।

यसपछि नेपाली टिम शनिबार (हिजो) कुवेत आईपुगेको थियो । नेपालले भोलि सोमबार समेत सोहि मैदानमा अभ्यास गर्नेछ । स्थानिय समय अनुसार ७ बजे सुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बताएका छन् ।

हाल टोलीमा २३ खेलाडी सहित नौं अफिसियल छन् । समूह ए मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा दर्शकलाई प्रवेश दिइने भएको छ ।

नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादी स्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन् ।

कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौं । नेपाली दर्शकको उपस्थितीले खेलाडीमा हौसला बृद्धि हुनेछ । अब्दुल्लाहले भने । नेपाली टिमले भोलि (सोमबार) साझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ ।

२०७९ जेष्ठ २३, सोमबार मा प्रकाशित