संस्कृतिको जित

आयोजक संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार जित हात पारेको छ ।

स्वयंभूस्थित घरेलु कोर्टमा संस्कृतिले एपेक्स लाइफलाई १७–२ ले पराजित गर्यो । संस्कृतिकी प्रत्युशा तुलाचनले ६ अंक जोडिन् । गल्र्समै काठमाडौं वल्र्ड स्कुलले केभीकेएसएसलाई १२–२ तथा काष्ठमण्डपले मातृभूमिलाई १७–२ ले हराए । काठमाडौं वल्र्ड स्कुलकी सिलोह लामाले ५ तथा काष्ठमण्डपकी राजभी श्रेष्ठले ६ स्कोर गरे ।

दोहोरो जित निकालेको काठमाडौं वल्र्डले मातृभूमिलाई २३–१३ ले पन्छायो । विजेताका सफल थपलियाले ९ अंक जोडे ।

२०७९ जेष्ठ २६, बिहीबार मा प्रकाशित