शंकरदेवको अध्यक्षतामा काठमाडौं जिल्ला आइटिएफ

काठमाडौं, असार १०– शंकरदेव श्रेष्ठको अध्यक्षतामा नेपाल आइटिएफ काठमाडौं जिल्ला संघ गठन भएको छ ।

धापासीमा भएको एक भेलाले पूर्वखेलाडीसमेत रहेका शंकरदेवको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नेपाल आइटिएफ काठमाडौं जिल्ला संघ गठन गरेको हो । निर्वाचित अध्यक्ष शंकरदेव आइटिएफ तेक्वान्दोका पाँच डान प्राप्त खेलाडीसमेत हुन् ।

नेपाल आइटिएफ महासंघका अध्यक्ष अञ्जन धमला र महासचिव अञ्जु रावतको रोबहरमा जिल्ला संघ गठन गरिएको थियो । नेपाल आइटिएफ काठमाडौं जिल्ला संघको उपाध्यक्षमा सरोज ठकुरी र सचिवमा रितिज पुरी निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा डेविड घलले जिम्मेवारी पाएका छन् ।

त्यस्तै सदस्यहरू निस्मा बस्याल, सचिना सुनार, रञ्जन श्रेष्ठ, कर्साङ दोर्जे, स्याङ्का तामाङ र शर्मिला परियार छन् । निस्मा एसियन च्याम्पियनसिपका पदक विजेतासमेत हुन् । निर्वाचित कार्यसमितिको पहिलो बैठकले सुदेव पण्डित, गणेश श्रेष्ठ र नीरञ्जन सेढाईंलाई सल्लाहकारका रूपमा चयन गरेको छ ।

२०७९ असार १०, शुक्रबार मा प्रकाशित