गोल्डेनगेटको विजयी सरुआत

काठमाडौं, असार १५ गते ।

गोल्डेनगेटले यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको समूह चरणको खेलमा गोल्डेनगेटले बलर्स एकेडेमीलाई ८८–४८ ले पराजित ग¥यो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले आईएसए नेपाललाई ६८–४० तथा रोयलले मेरिलियोनलाई ६१–४८ ले हराए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।

७१ औं मदन जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक विभागका प्रमुख विकु महर्जनले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । फाइनल मंगलबार हुने छ ।

२०७९ असार १५, बुधबार मा प्रकाशित