आलम चम्किदा सप्तरीलाई उपाधि

चन्दनकुमार यादब, असार २१ मंगलवार

राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगिताकाे साेमवार सम्पन्न फाईनलमा सप्तरीले सिरहा लाई ६ विकेटले पराजित गर्दै उपाधी जितेको छ। 

खेलमा टस जितेर सिरहाले निर्धारित १५ ओभरको खेलमा सबै बिकेट गुमाई ९१ रनकाे याेगफल खडा गरेको थियो। जसमा रूपेश सिँहले २६ रन, दिपेश दासले २० र अफरूद्विनले १२ रन बनाउदै अविजित रहेका थिए। बलिंगतर्फ सप्तरीका महबुव आलम र राहुल मण्डलले किफायती बलिंग गर्दै ३/३ विकेट, बिकास दासले २ तथा र राेहित सिँह र राज बर्मा ले १/ १ विकेट लिए।

जवाफमा सप्तरी ले १० ओभर ३ बलमा ४ विकेट गुमाएर उपाधी माथि कब्जा जमाएकाे हाे। जसमा राेहन बिक सर्वाधिक ३१ रन,राहुल मण्डलले २१ र महबुव अालम १६ रन खेल्दै दुबै खेलाडी अविजित रहेपछि जित सहज भएकाे हाे थियाे भने अाशिष झा ले पनि १० बनाएका थिए। बलिंग तर्फ सीरहाका कुश मण्डल, रूपेश सिँह, अजरूद्विन र फतेह सिद्विकीले समान्य १/१ विकेट हात पारे।

खेलकाे म्यान अफ दि म्याच महबुब आलम घाेषित भएका थिए ।

प्रदेश क्रिकेट सँघ का अध्यक्ष हिरा भगत काे अध्यक्षतामा आयोजित समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादब, नेपाल क्रिकेट सँघका केन्द्रीय काेषाध्यक्ष राेशन सिँह, प्रदेश क्रिकेट सँघ उपाध्यक्ष सुनिल महासेठ, प्रदेश सचिव आयुष श्रेष्ठ, प्रदेश सदस्य सतिश कुमार सिँह, लगायतले बिजेता,उपबिजेता लाई शिल्ड, कप, मेडेल, प्रमाणपत्र प्रदान गरेका थिए। 

उक्त अवसरमा बिजेता सप्तरी क्रिकेट टिम लाई ५० हजार नगद र उपबिजेता सिरहा टिमलाई ३० नगद पुरस्कार समेत प्रदान गरिएकाे प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन्।

प्रतियाेगिताको म्यान अफ दि सिरिज सप्तरीका राेहित सिँह, बेस्ट ब्याटस म्यान सिरहा का राकेश कामैत, बेस्ट बलर पर्साका नसरूद्विन अन्सारी घाेषित भएकाे सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन।

प्रतियाेगितामा मधेश प्रदेश अन्तर्गत ८ जिल्ला का टिमहरूकाे सहभागिता रहेकाे थियाे।

२०७९ असार २१, मंगलवार मा प्रकाशित