एसिया प्यासिफिक बास्केटबल हुँदै

एसिया प्यासिफिक कलेजको आयोजनामा प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ ।

प्रिन्सिपल घिमिरेले विद्यार्थीहरुमा अन्तरनिहित सम्पूर्ण क्षमताको सर्वाङ्गिन विकास र प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
पहिलो र दोश्रो हुने टोलीका खेलाडीलाई प्लस २ अध्ययन गर्न चाहेमा ७५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

२०७९ असार २१, मंगलवार मा प्रकाशित