नेपाल क्रिकेट संघ ( क्यान ) ले पहिलो पटक आयोजना गर्न लागेको घरेलु फ़्रेन्चाइज् लिग नेपाल टि-२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले आयोजना स्वीकृति दिएको छ। क्यानले मंगलबार बिज्ञप्ति जारि गर्दै आईसीसीले स्वीकृति दिएको जानकारी गराएको हो।
एनपीएल टि-२० को पहिलो सिजन सेप्टेम्बर २४ देखि अक्टोबर २२ तारिख ( असोज ८ देखि कार्तिक ५ ) सम्म काठमाडौँमा आयोजना हुनेछ।
लिग आयोजनाको सम्पूर्ण अधिकार क्यानले भारतीय कम्पनि सेभेन थ्री स्पोर्ट्सलाई बेचेको छ। सेभेन थ्री स्पोर्ट्सले आयोजना अधिकार वापत क्यानलाई वार्षिक ४ करोड १२ लाख ५० हजार रुपैयाँ दिने सम्झौता भएको छ।
डबल राउन्ड लिगका आधारमा खेलाईले यस प्रतियोगितामा पहिलो बर्ष ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने छ । टिमको नामहरु बिराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी अथवा भैरहवा र फारवेस्टर्न हुने घोषणा भैसकेको छ।
आगामी बर्षदेखि सहभागि टोली बढाईने छ । यस लिगमा ‘ए’ श्रेणीमा रहेका खेलाडीले कम्तीमा १५ लाख, ‘बी’ मा रहनेले १० लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले पाँच लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।