मेनछन एफसी च्याम्पियन

काठमाडौं, असोज १५– मेनछन एफसीले सुनसङ एफसीलाई हराउँदै दाङजिन कप एकदिने फुटबल लिगको उपाधि जितेको छ ।

दशैंका अवसरमा रइला गाइज दक्षिण कोरियाद्वरा आयोजित दाङ्जिन क्षेत्रमा बसोबास गर्ने नेपालीबीच भएको एकदिने फुटसल प्रतियोगितामा मेनछेन एफसीले सुनसङलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।
मेनछनका प्रनिल लामा र अमिर लिम्बुले गरेका थिए । सुनसङबाट रमेश लामा गोल फर्काएका थिए ।

सर्वाधिक गोलकर्ताका मदन खड्का, उत्कृष्ट गोलकिपर हेमराज गुरुङ र उत्कृष्ट खेलाडी शिशिर लिम्बु चयन भएको प्रतियोगिता संयोजक राजराम थिङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १० लाख वन र उपविजेताले पाँच लाख वन नगद पुरस्कार प्राप्त गरे । पुरस्कार दाङजिन नेपाली समाजका अध्यक्ष भीष्म लावतीले विजयी खेलाडी पुरस्कार वितरण गरे ।

२०७९ आश्विन १५, शनिबार मा प्रकाशित