काठमाडौँ । घरेलु टोली नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो ।
दशरथ रङ्गशालामा ५० औँ खेल खेलेको नेपाललाई जित दिलाउन अञ्जन विष्टले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औँ मिनेटमा अञ्जनले गोल गरेका हुन् । अञ्जनले सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गरे ।
नेपालको लागि अन्जनको यो ११ औँ गोल हो । अञ्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।