एनएसएलका लागि नयाँ सम्झौता

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले र एनएसएल आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिबीच नयाँ सम्झौता भएको छ ।

मंगलबार एक कार्यक्रमबीच एन्फा महासचिव किरण राई र नेपाल नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता आठ वर्षको लागि गरिएको एन्फाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नयाँ सम्झौता अनुसार नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिले एनएसएल आयोजनाका लागि एन्फालाई १७ करोड २१ लाख रुपियाँ उपलब्ध गराउनेछ । जस अन्तर्गत आयोजकले पहिलो सिजन (यस वर्ष) का लागि एन्फालाई एक करोड ५० लाख रुपियाँ उपलब्ध गराएको छ । मंगलबार नै आयोजक संस्थाकी अध्यक्ष कार्कीले एन्फा महासचिव राईलाई पहिलो सिजनको चेक हस्तान्तरण गरेका छन्।

२०७९ पुष ५, मंगलवार मा प्रकाशित