न्यु डायमन्ड सेमिफाइनलमा

साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा एपीएफले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो ।

न्यु डायमन्डले २५-७, २५-१०, २५-१२ को जित निकालेको हो । जितसँगै समूह ‘ए’ मा ६ अङ्क बनाएको न्यु डायमन्ड एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । यसैगरी महिलातर्फ मंगलबार भएको अर्को खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले २५-१५, २५–१०, २५–११ को जित निकालेको हो । जितसँगै एपीएफले ‘बी’ मा तीन अङ्क बनाएको छ ।

यसैगरी पुरुषतर्फ मंगलबार नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हरायो । लगातार दोस्रो जितसँगै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पुलिसले २५-१२, २५-२०, २५-११ को जित निकालेको हो । समूह ‘सी’ मा रहेको पुलिसले दुई खेलबाट ६ अङ्क बनाएको छ ।

२०७९ पुष २६, मंगलवार मा प्रकाशित