इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने फ्रेन्चाइज क्रिकेट दी हन्ड्रेड को ड्राफ्टमा नेपालका सन्दीप लामिछाने र अर्जुन साउद समावेश भएका छन् ।
तेस्रो संस्करणको प्रतियोगिताका लागि सार्वजनिक ड्राफ्ट लिस्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र विकेटकिपर अर्जुन साउद परेका हुन् ।
ड्राफ्टमा सन्दीप र अर्जुनसहित ३ सय ६८ खेलाडी छन् । पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो ।
तर, भिसा समस्याका कारण द हन्ड्रेड गुमाएका थिए । दोस्रो संस्करणमा भने सन्दीपलाई कुनैपनि क्लबले अनुबन्ध गरेको थिएन ।
आगामी संस्करणका लागि ड्राफ्ट मार्च २३ मा आयोजना हुनेछ । यस संस्करणको द हन्ड्रेड अगस्ट १ बाट सुरु हुँदैछ ।