राष्ट्रिय रग्बीमा सेमिफाइनल समीकरण पूरा

बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको पहिलो दिन आज सेमिफाइनल समीकरण पूरा भएको छ। प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष/महिला दुवैमा सेमिफाइनल समीकरण तयार भयो।

भक्तपुरको सानो थिमी मैदानमा भएको प्रतियोगिताको पुरुषमा नेपाल आर्मीले एपीएफ क्लब तथा कर्णाली प्रदेशले कोशी प्रदेश विरुद्ध सेमिफाइनलमा खेल्ने छन्। महिलामा एपीएफ र आर्मी तथा कर्णाली र बागमतीबीच सेमिफाइनल हुनेछ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरे। दुईदिने प्रतियोगितामा पुरुष/महिलातर्फ समान ७–७ टिम सहभागी छन्।

यसै प्रतियोगिताबाट कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने छ।

२०८० जेष्ठ २१, आईतवार मा प्रकाशित