काठमाडौं, असार २३- उमा कुङ्फुका चौथो डान प्राप्त संजीतकुमार राईले मार्सल आर्ट्स खेल्न थालेको २७ वर्ष भैसकेको छ । मार्सल आर्टसकै फरक विधाका खेलाडीका रूपमा करियर अगाडि बढाएका संजीत अहिले उमा कुङ्फुका प्राविधिक (प्रशिक्षक, निर्णायक ) हुँदै उमा कुङफुको नीति निर्माण तहमा काम गरिरहेका छन् । यसको अर्थ हाल उनी नेपाल उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्ष हुन् ।
उमा कुङ्फु मार्सल आर्ट्सको आकर्षक विधामध्ये कुङ्फुकै शैलीमा खेलिने एक विधा हो, जसको सुरुआत नेपालमा सन् २००४ देखि भयो।
नेपालमा यो खेल भित्र्याउने र विकासमा संजीतको भूमिका अहम् छ । खेलकुदमा उनको नाता तेक्वान्दो खेलबाट जोडिएको थियो । तर, उमा कुङ्फुमा लामो समय काम गरे । यो खेललाई नेपालमा स्थापित गराउन उनको योगदान महत्वपूर्ण रह्यो ।
“सुरुमा मेरो खेल तेक्वान्दो हो । त्यहाँ मैले मार्सल आटर््सका आधारभूत पक्ष मात्र सिकेँ । पछि बक्सिङ खेलेँ । तर, त्यसलाई पनि करियरको रूपमा अगाडि भने बढाइनँ । बक्सिङ खेलेपछि कुङ्फुप्रति मोह जाग्यो । कुङ्फुसँग उमा कुङ्फु मिल्ने भएकाले यसको खेलाडी, प्रशिक्षक, निर्णायक हुँदै व्यवस्थापनमा लागेँ,” उनले भने ।
नेपालमा मार्सल आट्र्सप्रतिको आकर्षण आशा लाग्दो छ । नेपालको खेलकुदका इतिहास पल्टाएर हेर्ने हो भने मार्सल आर्टसमा देशले गर्व गर्ने खालका नतिजा प्राप्त भएका पनि छन् । एक समय दक्षिण एसियामा नै नेपाल मार्सल आर्ट्सको पावर हाउसको रुपमा चिनिन्थ्यो । भारत, पाकिस्तान र अफगानिस्तान लगायतले ठूलो छलाङ मार्दा नेपालले भने आफूलाई त्यसअनुरूप अगाडि बढाउन सकेन । यद्यपि, नेपालमा मार्सल आटर््सप्रतिको लोकप्रियता भने घटेको छैन । नेपालमा मार्सल आटर््सको विकास र लोकप्रियताको सिढींमा उमा कुङ्फुलाई अगाडि बढाउने कार्यमा संजीत पनि एक हिस्सेदार हुन्भन्दा फरक नपर्ला ।
किनकी मार्सल आर्ट्स खेलमा उनको यात्रा करिब तीन दशकयता छ । तेक्वान्दोबाट सुरु भएको खेलसँगको उनको नाता बक्सिङ, कुङ्फु हुँदै उमा कुङ्फुमा जोडियो । सन् १९९४ देखि उनी मार्सल आर्ट्स खेल्दै आएका छन् । उनलाई तेक्वान्दो खेल निकै मन पथ्र्यो । आफ्ना पिता तेक्वान्दोका पूर्वखेलाडी भएकाले पनि उनमा त्यसको प्रभाव पर्नु स्वाभाविक हो । १२ वर्षको उमेरमा नै संजीतले नेपालका चर्चित तेक्वान्दो खेलाडी विधान लामा र संगीना वैद्यसँग तेक्वान्दोमा संलग्न हुने अवसर पाए ।
“बुबाआमाले नै खेल क्षेत्रमा लाग्दा हरेक ठाउँमा परिचित भइन्छ भनेर प्रेरणा दिनु भयो । शरीर स्वस्थ रहने र आत्मवल उच्च हुन्छ भन्दै उहाँहरू प्रोत्साहित गर्नु हुन्थ्यो । त्यस कारणले पनि होला करिब तीन दशक बिताइसकेछु,” संजीतले आफ्ना यादहरू सुनाए ।
संजीतका बुबाले उनलाई रंगशालामा तेक्वान्दोमा नै भर्ना गरिदिए । त्यसपछि उनको खेल यात्रा पनि नेपाली खेलकुदको केन्द्रविन्दुबाटै अगाडि बढ्न पुग्यो । बुबा खेलाडी नै भएकाले उनी खेल संस्कारमा पनि हुर्किन पुगे । त्यसैले पनि उनमा मार्सल आर्टस प्रति लगाव निकै छ र मार्सल आर्टसका हरेक विधाले आकर्षित गर्यो ।
उनी आफूलाई मन परेको खेलमा भर्ना भइहाल्थे । त्यस कारण पनि उनी बक्सिङ र उसुका खेलाडी पनि बने । उसुबाट भने उनले राष्ट्रिय प्रतियोगितामा पनि पदक प्राप्त गरेका छन् । तथापि, उनको २७ वर्षे मार्सल आर्टस् करियर भने उमा कुङ्फुबाट अगाडि बढ्यो ।
“सानैदेखि मैले मार्सल आर्ट्स खेलेँ । यसप्रति मलाई निकै माया छ । करियरको संघर्षपूणर् अवस्थामा पनि मार्सल आटर््स बिर्सन सकिनँ । त्यसैले उमा कुङ्फुलाई नै देशको स्थापित खेलको रूपमा अगाडि बढाउन पछिल्ला दशक काम गरिरहेको छु,” संजीतले भने ।
उमा कुङ्फु पनि नेपालमा मार्सल विधामध्ये एक स्थापित खेल भैसकेको छ । विश्व च्याम्पियनसिप, एसियाली र अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले कयौं सफलता पाएको छ । अस्ट्रियामा सन् २०१९ को डब्लुएमएसी विश्वकपमा पाएको सफलताले पनि यसको विकास र प्रवर्धनमा काम भएको पुष्टि हुन्छ । त्यो प्रतिस्पर्धामा नेपालले एक स्वर्ण, तीन रजत र तीन कांस्य जितेको थियो । यी सफलताका श्रेयको हकदारमध्ये संजीत पनि एक हुन् । किनकी उमा कुङ्फुको खेलाडी हुँदै प्राविधिक र प्रशासकका रूपमा उनको यो खेलमा धेरै योगदान छ ।
सन् २०१५ को उमा कुङ्फुको राष्ट्रिय च्याम्पियनसिपका स्वणर्विजेता उनले भारत, अमेरिका, जर्मन, अस्ट्रिया र बेलायतलगायत कयौं राष्ट्रमा जजको भूमिका निर्वाह गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनी संयोजकको भूमिका निर्वाह गर्छन् । उनी नेपाल टिओए कम्फु फेडेरसन डेनमार्क र इन्टरनेसनल कम्फु फेडेरसन (आइकेएफ) नेपालका महासचिव समेत हुन् । उनको यही अनुभवका कारण उमा कुङ्फुको विकासमा मद्दत मिलेको छ ।
एक समयका औसत खेलाडी संजीत उमा कुङ्फुको संस्थागत विकासमा होमिएका छन् । अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका संजीतले स्लोभेनियामा भएको डब्लुएमएसी उमा विश्व च्याम्पियनसिपअन्तर्ग ३५ वर्षमाथिको चाइनिज क्रिएटिभ विधामा स्वणर् तथा टे्रडिसनल विधामा कांस्य जितेका छन् । राष्ट्रिय उमा कुङफु च्याम्पियनसिप- २०१५ का स्वणर् विजेता पनि हुन् संजीत । संजीत तीन दशकदेखि मार्सल आर्टसमा होमिनुको कारण यसप्रतिको लगाव नै हो ।