अनेरास्ववियले राष्ट्रिय स्कुल-कलेज चेस प्रतियोगिता आयोजना गर्ने

अनेरास्वविय केन्द्रिय खेलकुद बिभागले राष्ट्रिय स्कुल-कलेज चेस प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता यही साउन १२ र १३ गते काठमाण्डौ भृकुटीमण्डप स्थित रत्न राज्य कलेजमा आयोजना हुनेछ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, दोश्रो हुनेले ३० हजार रुपैयाँ, तेश्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै उत्कृस्ट विद्यालय र उत्कृस्ट प्लस टुले १० हजार रुपैयाँ, उत्कृस्ट महिला खेलाडीले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सहभागी कलेज र स्कुल टिमहरुले आफ्नो टिममा पांच जना खेलाडीहरु समावेश गर्न पाउनेछन्।

२०८० श्रावण २, मंगलवार मा प्रकाशित