पौडीमा नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी विश्व एक्वाटिक (पौडी) च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

नासिरले आइतबार चार सय मिटिर फ्रिस्टायलमा चार मिनेट ८.२३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान बनाउनुभएको नेपाल पौडी सङ्घले जनाएको छ ।

यसअघि यस स्पर्धामा नासिरकै नाममा चार मिनेट १२.१७ सेकेन्ड समयको कीर्तिमान थियो । नासिरले साेमबार पुरुष दुई सय मटर फ्रिस्टायल र गौरिका सिंहले महिला एक सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा नेपालबाट नासिर र गौरिकासँगै एलेक्जेन्डर गादेगाद शाह र डुवाना लामाले पनि भाग लिएका छन्।

२०८० श्रावण ७, आईतवार मा प्रकाशित