नेपाल म्यानमारसँग पराजित

नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार म्यानमारसँग हार बेहोरेको छ । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा सोमबार भएको दोस्रो खेलमा नेपाल म्यानमारसँग १–० गोलले पराजित भएको हो ।

नेपालले अन्तिम समयमा काउन्टर अट्याकमा गोल खाएको थियो । म्यानमारका लागि विन नाइन तुनले गोल गर्नुभयो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल र म्यानमारले गोलरहित बराबरी खेलेका थिए ।

नेपालले सन् २०६३ को विश्वकप छनोटको पहिलो चरण र एसिया कप छनोटका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले छनोटका लागि लाओससँग दशरथ रंगशालामा अक्टोबर १२ र लाओसमा अक्टोबर १७ तारिख खेल्नेछ ।

२०८० भाद्र २६, मंगलवार मा प्रकाशित