साफ यू-१९ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसंग खेल्ने भएको छ ।

समूह बीको अन्तिम खेलमा भुटानलाई २-१ ले पराजित गर्दै भारत समूह विजेता बनेपछि नेपाल र भारतको भेट सेमिफाइनलमा हुन लागेको हो । आज सोमबार भएको पहिलो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल समूह उपविजेता भएर सेमिफाइनलमा पुगेको थियो ।

बुधबार हुने अर्को सेमिफाइनलमा पाकिस्तान र भुटानले खेल्ने छन् ।

सोमबार भएको दोस्रो खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा भुटान पराजित भयो ।

खेलको २० मिनेटमा जिग्मे नाङ्मेलले कप्तान पेमा ग्याङ्पोको फ्रि किकमा आएको बलमा गोल गर्दै भुटानलाई अग्रता दिलाए थिए ।

तर ३६ मिनेटमा गोयमसर गोयारीले गोल गर्दै भारतलाई बराबरीमा ल्याए । पहिलो हाफ १(१ गोल भएको खेलको ६४ मिनेटमा भारत यश चिक्रोको कर्नरमा पेनाल्टी बक्स बाहिरबाट रिकि मेताई होबामको गोल गरे ।

त्यसपछि दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेनन् ।

२०८० आश्विन ८, सोमबार मा प्रकाशित