काठमाडौं । ब्राजिललाई हराउँदै उरुग्वे अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ ।
उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुट आउटबाट लिईएको हो ।
उरुग्वे पेनाल्टी सुटआउटमा ४-२ ले विजयी भएको हो ।
उरुग्वेले अब सेमिफाइनलमा तेस्रो सेमिफाइनलको विजेता कोलम्वियासँग खेल्नेछ । बिहान भएको खेलमा पनामालाई ५-० ले हराउँदै कोलम्बियाले सेमिफाइनलमा स्थान बनाएको हो ।
