काठमाडौं । वारियर्स क्रिकेट क्लबलाई फाइनल खेलमा हराउँदै अभानी क्रिकेट क्लबले अभानी प्रिमियर लिग २०२४ को उपाधी जितेको छ ।
वारियर्सलाई फाइनल खेलमा २९ रनले पराजित अभानी च्याम्पियन बनेको हो ।
पहिले ब्याटिङ गरेको अभानीले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।
अभानीका लागि भुपेन्द्र थापाले ३२ बलमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । नन्दन यादवले ३४ बलमा ४१ तथा कप्तान प्रदिपसिंह ऐरीले ७ बलमा २१ रन बनाए ।
वारियर्सका लागि युवराज मल्लले चार तथा सुवास शाहले दुई विकेट लिए ।
अभानीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको वारियर्सले १५ ओभरमा ७ विकेट गुमाएर १ सय १८ रन मात्र बनायो ।
वारियर्सका लागि दीपेन्द्र थापाले ३८ बलमा ६६ तथा नविन गुरुङले १० बलमा १७ रन बनाए ।
अभानीका लागि नन्दन यादवले तीन तथा अभिनास कर्णले दुई विकेट लिए ।
च्याम्पियन अभानीले १० हजार नगद पाएको छ । लिगको उत्कृष्ट बलरमा वारियर्स क्रिकेट क्लबका अमन सिंह र उत्कृष्ट ब्याट्सम्यान कंगारु क्रिकेट क्लबकी रोजल राउत घोषित भएका छन् ।