काभा यू-२० : भलिबल श्रीलंकासँग नेपालले पहिलो खेल खेल्ने

काठमाडौं । काभा यू-२० महिला भलिबल च्याम्पियनसिप २०२४ मा नेपालले पहिलो खेलमा श्रीलंकाको सामना गर्ने भएको छ ।

काभाले मंगलबार जारी गरेको खेलतालिका अनुसार नेपालले १८ जुलाईबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाको सामना गर्ने भएको हो ।

नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार साउन ३ मा राती दश बजे सुरु हुनेछ ।

दोस्रो खेलमा साउन ४ मा नेपालले बेलुकाको सवा नौमा कीर्गिस्तानको सामना गर्ने छ । लिग चरणको अन्तिम खेलमा साउन ५ अपरान्ह पौने पाँचमा नेपालले आयोजक माल्दिभ्सको सामना गर्नेछ ।

२०८१ असार २६, मंगलवार मा प्रकाशित