फाइनल प्रवेशका लागि फ्रान्स र स्पेन खेल्दै

काठमाडौं । युरो कप २०२४ को पहिलो सेमिफाइनलमा स्पेनले बलियो प्रतिद्वन्द्वी फ्रान्सको सामना गर्दैछ ।

खेल जर्मनीको एलियान्ज रंगशालामा नेपाली समयअनुसार बुधबार बिहान पौने एक बाट सुरु हुनेछ ।

स्पेनले घरेलु टोली जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

यी दुईबीच हालसम्म ३६ खेल हुँदा स्पेनले १६ र फ्रान्सले १३ जित निकालेका छन् । सात खेल बराबरीमा सकिएको छ ।

सन् २०२१ मा भएको पछिल्लो भेटमा फ्रान्स २-१ ले विजयी भएको थियो ।

२०८१ असार २६, मंगलवार मा प्रकाशित