काठमाडौं । क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको मेटलाइफ स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्यानडामाथि २-० गोलको जित निकाल्दै अर्जेन्टिना फाइनल पुगेको हो।
खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरे।
५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लिओनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाए । अर्जेन्टिनाले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा उरुग्बे र कोलम्बियाबीच बिहीबार बिहान खेल हुदैछ ।