उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा, उपाधीका लागि अर्जेन्टिनासँग खेल्ने

काठमाडौं। उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइलनमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा १–० को जित निकाल्दै कोलम्बिया उपाधिानजिक पुगेको हो।

कोलम्बियाको जितमा जेफरसन लेर्माले खेलको ३९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

कोलम्बियाले अब उपाधिका लागि सोमबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

२०८१ असार २८, बिहीबार मा प्रकाशित