काठमाडौं । युरोकपको फाइनलमा स्पेन र इंग्ल्याण्ड भोली बिहान भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार सोमबार बिहान पौने एकदेखि सुरु हुनेछ ।
स्पेन सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । भने, नेदरल्याण्ड्स इंग्ल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।
तीन पटक युरोकपको च्यापियन स्पेन पाँचौँ पटक युरोकपको फाइनल खेल्दै छ । भने, इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ ।
२०२० मा सम्पन्न युरो कपमा इंग्ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
स्पेन र इंग्ल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १० पटक जितेको छ भने इंग्ल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।