इंग्ल्यान्डलाई हराउदै स्पेन च्याम्पियन

काठमाडौं। इंग्ल्यान्डलाई हराउँदै स्पेनले चौथोपल्ट युरो कप जितेको छ ।

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलमा स्पेनले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए ।

७३औं मिनेटमा कोल पाल्मरले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । ८६ औं मिनेटमा माइकल ओयारजाबलले स्पेनलाई च्याम्पियन बनाउँन निर्णायक गोल गरे ।

स्पेनले पहिलोपल्ट सन् १९६४, २००८, २०१२ मा च्याम्पियन भएको थियो । चौथो पटक युरो कप जित्ने स्पेन पहिलो टोली हो । जर्मनीले तीन र इटालीले दुईपल्ट युरो कप जितेका छन् ।

२०८१ असार ३२, सोमबार मा प्रकाशित