कोलम्बियालाई हराउँदै अर्जेन्टिनालाई कीर्तिमानी उपाधी

काठमाडौं । कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले कीर्तिमानी १६ औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ।

हार्ड रक रंगशालामा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले खेलको १ सय १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

२०८१ असार ३२, सोमबार मा प्रकाशित